सोलुखुम्बुमा एक महिला मृत फेला



२३ भदौ २०७६, काठमाडौं

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

नगरपालिकाको ५ नम्बर वडाको गोरखाखोपमा ४७ वर्षीय मुगामायाँ घतानी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार साँझ मुलघरमा सासुससुरासँगै खाना खाएकी घतानी बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्न जाँदा दुवै नाडी काटिएको र अत्याधिक रगत बगेको अवस्थामा  मृत भेटिएको सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।

आफन्तले घटनाको बारेमा तत्काल प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले स्थलगत मुचुल्का समेत तयार पारी शवको पोष्टमार्टमका लागि गर्ने जिल्ला अस्पताल फाप्लुमा पठाएको छ।

मृतक महिलाको श्रीमान् अम्बर घतानी वैदेशिक रोजगारीका लागि देश बाहिर रहेका र उनको दुई छोरा र एक छोरी जिल्ला बाहिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्