स्थानीय तहमा सुशासनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



२३ भदौ २०७६, काठमाडौं

काठमाडौं जिल्लाका स्थानीय तहमा सुशासनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौंका विभिन्न नगरका जनप्रतिनिधी, प्रदेश सभाका सांसदहरु र विभिन्न संघसंस्थाका प्रतिनिधी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रदेशसभा सदस्य दिपक निरौलाले हाल विभिन्न स्थानीय तहमा कर्मचारी र निर्वाचित प्रतिनिधीमा एउटाले अर्कालाई देखाउने दोहोरी खेलेर हैन अब दुवै मिलेर अगाडी बढ्नुपर्ने बताए । विभिन्न विषयमा नीति नियम मात्र बनाउने भन्दा पनि बनीसकेका नीति निर्माण मात्र लागु गर्न सकेपनि मूलुक अगाडी बढ्ने बताए ।

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले कर्मचारी सरुवा र संयोजनका कारण स्थानीय तहका काममा समस्या आएको दावी गरिन् ।

नागार्जुन नगरपालिका उपप्रमुख सुसिला अधिकारीले जनताबाट निर्वाचित जनप्रतिनिधीले विभिन्न कामहरु राम्रो सँग अगाडी वढाएको बताउँदै कर्मचारीहरुले गरेको गल्तिले. आफूहरुले जस नपाएको बताईन् ।

गैसस महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले हाल काठमाडौंमा ८ हजार संस्था दर्ता भएका र २२ सयले मात्र संस्था नविकरण गरेकोमा आपति जनाए । जुन नगरमा संस्था दर्ता हुन्छ त्यस नगर तथा वडामा समेत संघसंस्थाले विभिन्न सामाजिक काम गर्न आवश्यक रहेको बताए ।

स्थानीयका अनुसार अन्य क्षेत्रमा सुधार आएपनि प्रशासनिक क्षेत्रमा भने अझै सुधार नआएको दावी गर्दै सरकारी तलब खाएका कर्मचारीले सेवाग्राहीसँग समेत विभिन्न काम गर्दा पैसा लिने गरेको बताए ।

अहिले जनप्रतिनिधीले गरेका काम सुधारात्मक छन् तर सन्तोकजनक नभएको समेत स्थानीयले प्रष्ट पारे ।

अन्तरक्रिया कार्यक्रमको सभापतित्व जिसस प्रमुख शिवसुन्दर राजवैद्य, स्वागत मन्तव्य जिसस उपप्रमुख सरिता दाहाल, कार्यपत्र प्रस्तुत उत्तम निरौलले गरेका थिए भने कार्यक्रम संचालन राम भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्