
२२ भदौ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा द राईजिङ युथको आयोजना र वडाको संयोजनमा लाखेनाच भव्यताकासाथ सम्पन्न भएको छ ।
बूनपा १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले परापूर्वकालदेखि चलिआएको लाखेनाचलाई परम्परागत रुपमा जगेर्णा गरि त्यसलाई आधुनिकतामा अगाडी बढाएको जानकारी गराए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार नेवारीहरुले नागपञ्चमीबाट सुरु गरेको लाखेनाच इन्द्रजात्रासम्म मनाईने गरेको छ ।
द राईजिङ युथका अध्यक्ष विकास श्रेष्ठले लाखेनाचको परम्परालाई संरक्षण गर्न यसको आयोजना गरिएको बताए । नेवारी संस्कृति बचाउदै यसलाई जगेर्ना गर्न युथले भव्यताकासाथ लाखेनाचको आयोजना गरेको र आगामी दिनमा समेत क्लबले यसलाई निरन्तरता दिने बताए ।