‘भद्रगोल’ को नयाँ एपिसोडलाई दर्शकले रुचाएनन्, युट्युबमा लाइक भन्दा डिसलाइक धेरै



२२ भदौ २०७६, काठमाडौँ

गत शुक्रबारबाट लोकप्रिय टेलिसिरियल भद्रगोल पुनः प्रशारण आएको छ । तर पहिलेका २१ जना कलाकारको टिम भद्रगोल को नयाँ टिममा छैनन् । भद्रगोल लाई नयाँ निर्देशक र कलाकारले नयाँ ढङ्गमा प्रस्तुत गर्ने कोशिस गरे ।

अहिले भद्रगोल युट्युब ट्रेन्डिङको छैटौँ स्थानमा छ । तर विडम्बना के छ भने यसलाई लाइक भन्दा डिसलाइक धेरै आएको छ । अधिकांश दर्शकले नराम्रो कमेन्ट गरेका छन् । हुन पनि भद्रगोल को पुरानो टिम दर्शकमाझ निकै नै लोकप्रिय थिए ।

जसका कारण भद्रगोल युट्युब ट्रेन्डिङको नम्बर वानमा आउने गर्थ्यो भने दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउने गर्थ्यो । तर भद्रगोल को नयाँ एपिसोडले खासै दर्शकको मन जित्ला जस्तो छैन।

प्रतिक्रिया दिनुहोस्