कृष्ण ओलीका हात जोडिए



२२ भदौ २०७६, काठमाडौँ

कृष्ण ओलीको हात जोडिएको छ । केहीसमय अघि कृष्ण ओली र उनकी श्रीमती रुपा ओली कृष्णको हात हाल्नको लागि नै मुम्बई गएका थिए ।

कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा रहेको अटोबक हेल्थकेयरमा कृष्णका हात जोडिएका हुन् ।

हात जोडी सकेपछि पनि हात चलाउन लामो अभ्यास र तालिम चाहिने हुँदा यस सम्बन्धित विशेषज्ञहरु संगै कृष्ण अभ्यासमा छन् । अझै केहि दिन मुम्बैमै अभ्यासमा रहने रुपाले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्