‘पोई पर्यो काले’ टाइटल गीत रिलिज : पूजाको पोई सौगात



२२ भदौ २०७६, काठमाडौँ

पोई पर्यो काले यो बर्षको प्रतिक्षित चलचित्र हो । छायांकनमा जानु अगावै चर्चामा रहेको चलचित्र कार्तिक ८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्र पोई पर्यो काले को टाइटल गीत भर्खरै सार्वजनिक भएको छ ।

निर्पेश उप्रेतीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको पोई पर्यो काले बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा चलचित्रमा मुख्य सबै कलाकार फिचर्ड छन् । उक्त गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्