भुवन केसी भन्छन् : ‘साम्राज्ञीको भन्दा सुहानाको अभिनय उत्कृष्ट लाग्यो’



२२ भदौ २०७६, काठमाडौँ

भुवन केसी नेपाली चलचित्र क्षेत्रमा सदावहार अभिनेताको रुपमा परिचित छन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका भुवन अहिले चलचित्रमा त्यति देखिदैँनन् । तर निर्माता वा निर्देशकको रुपमा भने उनी आइरहेका छन् ।

यस्तै गतबर्षको चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ए मेरो हजर ३ मा भुवनले सुहानाको अभिनयले आफ्नो मन छोएको बताएका थिए । उनले सुहानाले पहिलो चलचित्रमा नै निकै जीवन्त अभिनय गरेको भन्दै उनको तारिफ गर्न भ्याएका थिए ।

भुवनलाई साम्राज्ञी र सुहानामा कसको अभिनय राम्रो ? भनेर पनि प्रश्न गरिएको थियो । यसमा भुवनले आ–आफ्नो ठाउँमा दुवैको अभिनय निकै राम्रो भएको र अभिनय गर्ने शैली पनि छुट्टै भएको बताएका थिए । तर भुवनले सुहानाको काम अझ धेरै उत्कृष्ट लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्