‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी प्रदिप ?



२२ भदौ २०७६, काठमाडौँ

अभिनेता प्रदिप खड्का यतिबेला चलचित्र प्रेमगीत ३ को तयारीमा व्यस्त छन् । दशैँपछि छायांकन सुरु हुने चलचित्रमा प्रदिपको जोडी नव नायिका कृष्टिना गुरुङसँग बाधिने भएको छ । यस्तै प्रेमगीत ३ पछि प्रदिपले हेमराज बिसीको चलचित्र शुभ विवाह गर्ने चर्चा थियो ।

यसैबिच प्रदिपलाई चलचित्र ए मेरो हजुर ४ अफर गरिएको छ । ए मेरो हजुर ३ पनि पहिले प्रदिपलाई नै अफर गरिएको थियो । तर उनले व्यस्तताका कारण चलचित्र छाडेका थिए । यस्तै गोप्य स्रोतअनुसार सुनिल कुमार थापाले प्रदिपलाई प्रेमगीत ३ पछि ए मेरो हजुर ४ गर्न आग्रह गरेका छन् तर प्रदिपले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रदिप अहिले दोधारमा परेका छन् । उनले हेमराज बिसीको चलचित्र गर्ने निर्णय गरिसकेको बेलामा उनलाई ए मेरो हजुर ४ बाट अफर आएको खबर बाहिरिएको छ । झरनासँग भने प्रदिपको कुनै कुरा भएको छैन । तर प्रदिपले ए मेरो हजुर ४ गरेको खण्डमा उनको जोडी नायिका सुहाना थापासँग बाधिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्