कर्णाली राजमार्ग अवरुद्ध



२१ भदौ २०७६, मान्म

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ”, उहाँले भन्नुभयो, “अहिले डोजरको प्रयोग भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्