‘पहिलो भेटमै अनुष्का मसँग रिसाएकी थिइन्’ : विराट कोहली



२१ भदौ २०७६, काठमाडौँ

विराट कोहली र अनुष्का शर्माको जोडी निकै नै सुन्दर मानिन्छ । यी दुईले लामो समयको प्रेमपछि विवाह गरेका थिए । यी दुईको जीवन रमाइलोसँग बितिरहेको छ । यस्तै विराटले एक अन्तवार्तामा अनुष्का र आफ्नो पहिलो भेटबारे बताएका छन् ।

विराटले पहिलो भेटमा अनुष्का आफूसँग रिसाएको बताएका छन् । उनीहरुको पहिलो भेट एक विज्ञापनको सुटको क्रममा भएको थियो । त्यस समय अनुष्कालाई देखेर विराट निकै नर्भस समेत भएका रहेछन् । उनलाई अनुष्कासँग कसरी बोल्ने थाहा नभएका कारण उनले अनुष्कालाई यस्तो भनिदिए कि अनुष्का उनीसँग रिसाइन् ।

वास्तवमा त्यससमय अनुष्काले हाई हिल लगाएकी थिइन् । जसका कारण विराट अनुष्का भन्दा होचा देखिएका थिए । त्यसैक्रममा विराटले अनुष्कालाई तपाईले यो भन्दा सानो हिल पाउनु भएन भनेका रहेछन् । जसका कारण अनुष्काको मुड अफ भएको थियो । तर विराटले अनुष्कालाई सम्झाए । विराट अनुष्का आएर आफ्नो जीवन पुरै बद्लिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्