डेड सुक्रबिरको जन्म



२० भदौ २०७६, काठमाडौं

बिहिवार एक भब्य कार्यक्रमका बिच डेड सुक्रबिर सार्बजनिक भएको छ । प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीको प्रमुख आथित्यमा सयौं साहित्यकारहरुको उपस्थितिमा उपन्यास डेड सुक्रबिरको लोकार्पण भएको हो ।

साहित्यकार टी एन भट्टद्वारा लेखिएको उक्त कृति नेपाली साहित्यमा लेखन शैलीका आधारमा नया आयाम भएको समिक्षक उत्तम पौडेलले बताए ।

मरेका हजारौ डेडसुक्रबिरको बिचमा एउटा नयाँ जीउदो शुक्रवीर जन्माउन आतुर नारीपात्र र मरेका सुक्रबिरहरुको बिचमा जन्मिने वालकको भबिष्यलाई लिएर भयभित भई गर्वाधान कार्यमा संलग्न हुन डराउने पुरूष पात्र बिचको द्वन्द हो यो उपन्यास ।

नोटालिजम्को प्रयोग भएको सायद यो एकमात्र उपन्यास रहेको कुरा समालोचक डा. यज्ञेस्वर निरौलाले बताए । कार्यक्रममा डा. नवराज लम्सालले नेपाली साहित्यको फाटमा एउटा नयाँ आयाम थपिएको भन्दै पूर्वीय दर्शनसँग दाजेर हेर्न सकिने कुरा बताए । साहित्यकार भुवन हरि सिग्देलले टी एन भट्ट’ विश्वामित्र’ को लेखन शैलीबाट आफुमा इर्स्या उत्पन्न भएको र यो नेपाली उपन्यासमा बिल्कुलै नया प्रयोग भएकोले सबैले एकपटक यो उपन्यास पढ्नु पर्ने बताए ।

प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले उपन्यासमा चातुर्यपूर्ण रुपमा अति यथार्थवादी फ्रेमभित्र समाजको यथार्थलाई सुन्दर तरिकाले चित्रण गरेको र यो उपन्यास जेनेटिक इन्जिनियरिङको दृष्टिकोणबाट समेत म महत्वपूर्ण रहेको भन्दै यो उपन्यास नेपाली साहित्यको फाटमा नया प्रयोग भएको र यस्ता उपन्यासको आफ्नै विशिष्ट पहिचान हुने कुरा समेत बताए ।

प्राध्यापन कार्यमा संलग्न टी एन भट्ट’ विश्वामित्र’को यो दोश्रो कृती हो । यस अघि ’सूर्यपुत्र’ कविता सङ्ग्रहका प्रकाशनमा ल्याएक विश्वामित्रको यो दोश्रो कृती हो ।

प्रतिक्रिया दिनुहोस्