फ्रान्समा धेरै चर्को आवाजमा बासेर होहल्ला गर्यो भन्दै भालेविरुद्ध एक दम्पतीले हाले मुद्दा



२० भदौ २०७६, काठमाडौँ

फ्रान्स एउटा अचम्मको घटना घटेको छ । फ्रान्सको एक अदालतमा मौरिस नाम गरेको भाले विरुद्ध मुद्दा परेको छ र आज अदालतमा अन्तिम फैसला हुदैँछ ।

चर्को आवाजमा भाले बासेर काम गर्न समस्या भएको भन्दै एक दम्पतीले भाले विरुद्ध मुद्दा हालेका थिए । अदालतले आफ्नो पहिलो फैसलामा भाले धनीलाई चार हजार युरो ९करिब पाँच लाख  नेपाली रुपैयाँ० जरिवाना समेत तोकेको थियो । तर, भाले धनीले यसमा आपत्ति जनाउँदै सोहि दिन अर्को अदालतमा अपिल दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्