प्रेम प्रस्ताव स्वीकार नगर्दा यी युवकले १५ बर्षिया किशोरीमाथि गरे एसिड प्रहार



२० भदौ २०७६, काठमाडौँ

विरगञ्जमा एउटा डरलाग्दो घटना घटेको छ । प्रेम प्रस्ताव स्वीकार नगर्दा २ युवकले १५ बर्षकी किशोरीमाथि एसिड प्रहार गरेका छन् । मात्र कक्षा ९ मा अध्ययन गरिरहेकी मुस्कान खातुनमाथि एसिड प्रहार भएपछि उनलाई अस्पताल पुर्याइयो ।

तर उनको मुख, हात, छाती नराम्रोसँग जलेको छ । प्रत्यदर्शीका अनुसार ति छात्रा दैनिक विद्यालय जाने गरेको विद्यालय ड्रेसमा नै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको थियो । छात्रा चिच्याउन थालेपछि आफूहरुले अस्पतालमा पुर्याएको प्रत्यदर्शीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्