विल्सनबारे खुल्यो नयाँ रहस्य : फागुनमा नै भैसकेको थियो सरिना लामासँग विवाह



२० भदौ २०७६, काठमाडौँ

विल्सन विक्रम राई नेपाली चलचित्र जगतमा कमेडी कलाकारको रुपमा परिचित छन् । उनले खेलेका अधिकांश चलचित्रमा दर्शक पेट मिचिमिचि हास्ने गरेका छन् । विल्सन सफल कमेडियन मात्र नभएर गायक पनि हुन् । उनले केही गीतहरु रेकर्ड गराएका छन् । उनलाई धेरैले तक्मे बुढा भनेर चिन्ने गरेका छन् ।

विल्सनले आफ्नो बारेमा नयाँ खुलासा गरेका छन् । विल्सनको विवाह भैसकेको छ । यो कुरा सुन्दा उनका फ्यानहरु अचम्मित समेत भएका छन् । किनकी विल्सनले आफ्नो विवाहबारे कहिल्यै केही बताएका थिएनन् । तर सामाजिक सञ्जालमा उनको बिहेको तस्बिर निकै भाइरल भैरहेको छ ।

विल्सनले गत फागुनमा नै सरीना लामासँग लगनगाँठो कसेका रहेछन् । उनको बिहे परम्परागत विधि अनुसार नै भएको तस्बिरबाट स्पष्ट हुन्छ । अहिले विल्सनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्