प्रतिलिटर ६ रुपैयाँको दरले बढ्यो दूधको मूल्य



२० भदौ २०७६, काठमाडौँ

सरकारले दुधको मूल्य बढाएको छ । शनिबारदेखि लागू हुनेगरी सरकारले प्रतिलिटर दुधमा ६ रुपैयाँ बढाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाउन परिपत्र गरेको दुग्ध विकास संस्थानले जनाएको छ ।

दुग्ध व्यवसायीहरुले लामो समयदेखि दूधको मूल्य बढाउन माग गर्दै आएका थिए । व्यवसायीहरुको मागअनुसार दूधको मूल्य बढाउनेबारे अध्ययन गरेर सरकारले दूधको मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्