आज चर्चित सञ्चारकर्मी रवि लामिछानेको जन्मदिन, शुभकामना दिनेको ओइरो



२० भदौ २०७६, काठमाडौँ

रवि लामिछाने निकै चर्चित सञ्चारकर्मी हुन् । उनलाई मन पराउने दर्शक निकै नै रहेका छन् । धेरैले त रविलाई आफ्नो भगवान समेत मान्ने गरेका छन् । छोटो समयमा नै देश र जनताको लागि काम गरेर उनी जनताको मनमा बस्न सफल भएका छन् ।

आज उनै सञ्चारकर्मी रवि लामिछानेको जन्मदिन रहेको छ । आज रविको जन्मदिन भएकाले उनलाई देशका विभिन्न ठाउँमा रहेका जनताले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि रविलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्