प्रभास र श्रद्धाको ‘साहो’ लाई लाग्यो चोरीको आरोप



१९ भदौ २०७६, काठमाडौँ

यतिबेला विश्वभर बाहुबली स्टार प्रभास र बलिउडकी क्वीन श्रद्धा कपुर स्टारर चलचित्र साहो ले तहल्का मच्चाइरहेको छ । चलचित्रको समिक्षा निकै कमजोर आएको छ तर यसले चलचित्रको व्यापारमा भने कत्तिपनि घाटा परेको छैन ।

तर साहो लाई चोरीको आरोप लागेको छ । फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन् ।

निर्देशक जेरोमले ट्विट गर्दै चोरीको आरोप लगाएका हुन् । उनले आफ्नो ट्विटमा साहो निर्देशक सुजिथलाई चोरी गर्दा ढंग पुयाएर चोरी गर्नसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्