निकको उमेर गलत लेख्दा फेरि एकपटक ट्रोलको शिकार भइन् प्रियंका



१९ भदौ २०७६, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा बेला बेलामा विवादमा मुछिरहने अभिनेत्री हुन् । कहिले ड्रेसका कारण त कहिले पति निकसँगको सम्बन्धका कारण उनी ट्रोलको शिकार समेत बनिरहेकी हुन्छिन् । यस्तै अहिले फेरि प्रियंका ट्रोलको शिकार हुन पुगेकी छिन् ।

इन्ष्टाग्राममा निकको उमेर गलत लेखेको भन्दै दर्शकले अहिले उनको मजाक उडाइरहेका छन् । धेरैले विवाह गरेको १ बर्ष पुग्न लाग्दा पनि प्रियंकालाई निकको उमेर थाहा नभएको भन्दै गाली गरेका छन् भने कत्तिले जानी जानी उमेर गतल लेखेको बताइरहेका छन् ।

टकीला ब्राण्ड भिल्ला वानको लञ्चका लागि प्रियंकाले आफ्ना पति निकलाई बधाई दिएकी थिइन् । उसमा उनले लेखेकी थिइन्, ‘तपाईप्रति धेरै गर्व छ, मात्र २७ वर्षको उमेरमा तपाईं आफ्नो टकीला ब्राण्डको मालिक बन्नुभएको छ !’

प्रतिक्रिया दिनुहोस्