सलमानका पिताले गरे खुलासा : ‘सलमानको बिहे कहिल्यै पनि हुदैँन’



१९ भदौ २०७६, काठमाडौँ

सलमान खान बलिउडका किङ्ग हुन् भन्दा फरक नपर्ला । उनको फ्यान फलोइङ यति लोभलाग्दो छ कि जसका कारण उनले खेलेका चलचित्र हत्तपत्त असफल हुदैँनन् । सलमान भनेपछि हुरुक्कै हुने दर्शक लाखौँ छन् ।

सलमानका फ्यान अब मात्र सलमानको बिहे हेर्न चाहन्छन् । सलमानलाई यहि एउटा प्रश्नले दिक्क बनाउने गरेको छ । उनको विवाहलाई लिएर धेरै झुटा समाचार बाहिर पनि आए । तर सलमानका पिताले एउटा रहस्य खोलेका छन् । उनले सलमानका फ्यानलाई उनको बिहे भएको हेर्ने आश नगर्न आग्रह गरेका छन् ।

किनकी सलमानले कहिल्यै बिहे नगर्ने फैसला गरिसकेका छन् । सलमानका पिताको भनाइ अनुसार ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको मायाप्रेमप्रतिको विश्वास नै हटेको छ । उनले जीवनभर बिहे नगर्ने निधो गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्