प्रकाश र रियाशाको नयाँ गीत रिलिज



१९ भदौ २०७६, काठमाडौँ

प्रकाश सपूत पछिल्लो समयका निकै नै व्यस्त र चर्चित गायक हुन् । गलबन्दी गीतले उनको चर्चा थप चुलिएको छ । अहिले उनी देश तथा विदेशका कार्यक्रमका निकै व्यस्त छन् ।

भर्खरै मात्र प्रकाशको नयाँ गीत सार्वजनिक भएको छ । सुरज थापाको शब्द र संगीत रहेको लालुमै बोलको गीतमा तारा थापा र विवेक थापाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा प्रकाश सपूत र रियाशा दाहाल फिचर्ड छन् । यो गीतलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्