ऋषिले गरे खुलासा : ‘म पनि एलिजाको खुट्टा ढोग्न तयार छु’



१८ भदौ २०७६, काठमाडौँ

तिजमा श्रीमान ऋषि धमलाको खुट्टा धोएर पानी खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि एलिजा गौतमको खुब आलोचना भयो । धेरैले धमला दम्पतीको ट्रोल बनाए भने क   ित्तले ऋषिले एलिजामाथि सामन्ती व्यवहार देखाएको बताए ।

यसबारे एलिजा र ऋषिले कडा जवाफ दिएका छन् । एलिजाले आफूले आफ्नो धर्म मात्र निभाएको बताइन् । उनले आफ्नो इच्छाले ऋषिको खुट्टा ढोगेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको पनि बताइन् । ऋषिले पनि आफूले एलिजालाई आफ्नो खुट्टा ढोग्न कहिल्यै नलाएको बताए । उनले एलिजाले आफ्नो खुसीले त्यो सब गरेको बताए ।

एलिजाले यति सानो कुरामा कसैले आफूलाई गाली गर्न आवश्यक नभएको बताइन् । उनले आफ्नो आत्मदेखि ऋषिको खुट्टा ढोगेकाले उनलाई अनावश्यक गाली गर्दा नराम्रो लागेको बताइन् । एलिजाले आफूले कुनै गल्ती नगरेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्