‘साहो’ को चार दिने कमाई ३०० करोड



१८ भदौ २०७६, काठमाडौँ

बाहुबली स्टार प्रभास र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र साहो ले यतिबेला धमाकेदार व्यापार गरिरहेको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साहो ले भारतमा मात्र नभएर नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ । चार भाषामा एकसाथ रिलिज भएको चलचित्र साहो को एक्सन पार्टलाई दर्शकले निकै नै रुचाएका छन् ।

चार दिनमा मात्र चलचित्रले विश्वभरबाट ३ सय करोड भारुभन्दा बढी आम्दानी गरेको छ । यद्यपि, चलचित्रको भविष्य अब मङ्गलबारको आम्दानीले निर्धारण गर्नेछ किनभने चलचित्रले राम्रो समीक्षा पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्