चलचित्र ‘रातो टिका निधारमा’ को अफिसियल ट्रेलर रिलिज



१७ भदौ २०७६, काठमाडौँ

यो बर्षको प्रतिक्षित चलचित्र रातो टिका निधारमा को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अशोक शर्माको लेखन र निर्देशन रहेको चलचित्र रातो टिका निधारमा को एक गीत केही समय अघि सार्वजनिक भएको थियो । जसलाई दर्शकले निकै नै रुचाए ।

ट्रेलरमा विदेश जाने युवाको पिडा देखाइएको छ । लबस्टोरी र कमेडी जनरामा चलचित्र बनेको ट्रेलरबाट पनि स्पष्ट हुन्छ । चलचित्र रातो टिका निधारमा साम्राज्ञी राज्यलक्ष्मी शाह, नव अभिनेता अकिंत शर्मा, जयनन्द लामा, रबिन्द्र झा, बुद्धि तामाङ, निता ढुङ्गाना, अर्जुन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र रातो टिका निधारमा दशैँको अवसरमा आउँदो असोज १० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्