दर्शकले रुचाए ‘मारुनी’, साम्राज्ञीको कामको तारिफ नै तारिफ



१७ भदौ २०७६, काठमाडौँ

गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र मारुनी ले राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तुलाई निकै रुचाएका छन् ।

यो चलचित्रलाई समिक्षकले पनि उत्कृष्ट बताएका छन् । यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यतिबेला जताततै चर्चा भैरहेको छ । मारुनी मा उनको उत्कृष्ट काम देखिएको भन्दै दर्शकदेखि सेलिब्रेटिले उनको कामको तारिफ गरिरहेका छन् ।

चलचित्र मारुनी को मेरुदण्ड भनेकै साम्राज्ञी हुन् । उनले नै चलचित्रलाई पुरा गरेकी छिन् । साथै नव अभिनेत्री रेबिका गुरुङको कामको पनि प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्