उच्च अदालत बिराटनगरमा मुद्दाको चाङ



१३ भदौ २०७६, बिराटनगर

उच्च अदालत विराटनगरले गत आर्थिक बर्षमा २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट गरेको छ । अदालतले सञ्चारकर्मीसंगको अन्तरक्रियामा सो बिषयमा जानकारी गराइएको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा दर्ता भएका ३ हजार ४ सय ६८ मुद्धा र त्यसअघिको आर्थिक बर्षबाट सरि आएका ९ सय ५६ मुद्धा समेत गरेर ४ हजार ४ सय २४ मुद्धा मध्ये २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट भएको कार्यक्रममा जनाइएको थियो । यो फछ्र्यौट संख्या कुल मुद्धाको ५६ दशमलव १० प्रतिशत हो ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश बिनोद शर्माले गएको आर्थिकबर्षमा २ हजार २ सय ८५ वटा मुद्धा पर्ने अनुमान गरिएकोमा त्यसभन्दा १ हजार १ सय ८३ वटा बढी मुद्धा परेको जानकारी दिए ।

लक्ष्यभन्दा बढी मुद्धा फछ्र्यौट भएपनि अनुमान गरिएभन्दा बढी मुद्धा दायर भएका कारण फछर््यौट प्रतिशत भने कम भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्