आमा बन्दै बलिउड अभिनेत्री विद्या बालन !



१३ भदौ २०७६, काठमाडौँ

विद्या बालन बलिउडमा राम्रो छवि भएको अभिनेत्रीमा पर्छिन् । विशेष उनको अभिनयको दर्शकले खुलेर तारिफ गर्ने गरेका छन् । विद्या बालनले विवाह गरेको ७ बर्ष भैसकेको छ । यसैबिच अहिले सामाजिक सञ्जालमा उनी गर्भवती रहेको कुरा आइरहेका छ ।

यसबारे विद्याले भने कुनै प्रतिक्रिया दिएकी छैनन् । तर उनको एक तस्बिरमा पेट अलि ठूलो देखिएकाले उनका फ्यानले उनी गर्भवती रहेको अनुमान लगाइरहेका छन् । विद्या गर्भवती छिन् वा छैनन् त्यो त समयले नै बताउँछ तर उनका फ्यानहरु भने उनको सन्तानलाई वेलकम गर्न निकै उत्साहित देखिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्