लोकगायक प्रकाशले भने, ‘प्रियंका कार्कीलाई म्यूजियममा राखौँ कि चिडियाखानामा दोधारमा परियो’



१२ भदौ २०७६, काठमाडौँ

प्रकाश कटुवाल लोकदोहोरी क्षेत्रका परिचित गायक हुन् । उनले धेरै सफल गीतहरु गाइसकेका छन् । यस्तै केहीदिन अघिमात्र कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका प्रकाशको नेपाल फर्कने क्रममा नायिका प्रियंका कार्कीसँग भेट भएको थियो । उनले प्रियंकाप्रति आक्रोश पोखेका छन् ।

उनले अष्ट्रेलियादेखि काठमाडौँसम्म प्रियंकाको सामान आफ्नो लगेजमा हालेर सुरक्षित ल्याइदिएको तर प्रियंकाले उल्टै आफूप्रति नराम्रो व्यवहार गरेको बताएका छन् । प्रकाशले प्रियंकालाई म्यूजियममा राखौँ कि चिडियाखानामा दोधारमा परे भनेका छन् । प्रकाशले प्रियंकाको लागि फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

प्रकाशको स्टाटस जस्ताको तस्तै–

अस्टे्रलिया बाट नेपाल फर्कने क्रममा प्रियंका कार्किको व्यबहार देख्दा म्युजियम मा राखौ कि चिडियाखानामा राखौ दोधार गरायो रुरु

घट्ना विवरण ————

म अस्ट्रेलिया बाट ल्तख तख श्यामसुन्दर गिरि ज्युको प्रोग्राम सकेर नेपाल फर्कने क्रममा थिए ।

बोडिङ्ग काड लिने क्रममा म भन्दा अगाडी प्रियंका कार्की ज्यु र उहाँको एक साथी पनि हुनुहुदो रहेछ मैले देखे पुरै छ्टपटाई रहनु भएको थियोे कता कता मनले मानेन मलाई एअरपोर्ट पुराउन जानुहुने शिव बन्जरा दाइलाई सोध्नलगाए के भयो भन्नू भयो अनि उहाँले भन्नू भयो लगेको सामान बढी भयो अनि मैले सोचे मेरो लगेज घण् पन को हो मेरोमा सामान लान मिल्छ भने र उहाँको सामान मैले एउटा् मेरो नाउमा लगेज गरे र अर्को एउटा् हेन ब्याग गरेर उहाँको सामान ज्यलनपयलन टान्जिट गरेर नेपाल सम्म लेर आए आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्ट सम्म उहाँको सामान सुर्छित ल्याए र उहालाई भने मेरो लगेज खाली गर्दिनुस मलाई लिन साथी आको छ धेरैबेर भयो कुरिरहेको छ म जान्छु भने अनि उहाले मेरो लगेज बाट सामान पनि खोल्नु भयो तर उहाँको लगेज मा धेरै बेर कुराउनु भयो सामान सार्नु भएन अनि मैले सोधे सामान हजुरको लगेजमा सार्नुन भने अनि उल्टै मलाई गाली गरेजसरी उहाँ अगाडी लाग्नु भयो र भन्नू भयो सुन्नु भएन म अगाडि जादैछु लेर आउनुस भने पछी मलाई लाग्यो मैले धेरै नै गुन गरे अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरैनै अगाडी पुगि सक्नु भएको थियो र उहाँको सामान अस्ट्रेलिया बाट पो नेपाल लेर आउन सहयोग गरे अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो र मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्र्नै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आए ।

प्रतिक्रिया दिनुहोस्