पाकिस्तानी नायिकाले आलियामाथि लगाइन् गीत चोरीको आरोप



१२ भदौ २०७६, काठमाडौँ

बलिउड नायिका आलिया भट्टलाई गीत चोरीको आरोप लागेको छ । उनले भर्खरै निकालेको पराडा बोलको गीत पाकिस्तानी गीतसँग मिलेको भन्दै पाकिस्तानी गायिकाले उनलाई चोरीको आरोप लगाएकी छिन् ।

उनले बलिउडको आलोचना गर्दै आलियाले गीत चोरेको बताएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’

प्रतिक्रिया दिनुहोस्