रवि लामिछाने रिहापछि राजनीति प्रवेशमा संकेत, कुन पार्टीमा प्रवेश गर्दैछन् ?



१० भदौ २०७६, काठमाडौं

पत्रकार रवि लामिछाने रिहा भएको २४ घण्टा नभई राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन् । उनले आफ्नो पत्रकारीता क्षेत्र नै प्राथमिकता रहेको जनाए पनि लामिछाने राजनीतिको विकल्प पनि खुला रहेको तर्क गरेका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीति सम्बन्धि प्रश्न सोध्दा उनले भने, सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन । तर कुन राजनीतिक पार्टीमा यात्रा गर्ने भन्ने बारे प्रष्ट गर्न चाहेका थिएनन् । रवि लामिछाने १० दिन हिरासतमा बसेका सोमबार ५ लाख धरौटीमा रिहा भएका हुन् । उनले हिरासतको बसाई नयाँ अनुभव भएको बताएका छन् ।

हिरासतमा रहेका बेला एक अडियो अन्तर्वार्ता सार्वजनिक भए अनुसार आफू रिहा भए परडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाईदिने बारेमा पत्रकार सम्मेलनमा प्रश्न सोधिदा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र प्रहरीले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पनि पूरा गर्ने बताए । रवि लामिछाने नेपाली काँग्रेस र राजावादीसँग नजिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्