हिरोइन हुनुभन्दा पहिले चोरबजारमा सपिङ गर्न जान्थिन् श्रद्धा



१० भदौ २०७६, काठमाडौँ

श्रद्धा कपुर अहिलेकी निकै व्यस्त र डिमाण्डेड बलिउड अभिनेत्री हुन् । उनी एकपछि अर्को चलचित्रमा निरन्तर व्यस्त छिन् । अहिले भने उनले आफ्नो पुरै समय चलचित्र साहो को प्रमोशनमा दिइरहेकी छिन् ।

चलचित्र साहो यहि अगस्ट ३० बाट प्रदर्शनमा आउँदैछ । साहो को प्रमोशनको क्रममा श्रद्धाले आफू नायिका हुनुभन्दा पहिले सपिङ गर्नको लागि चोरबजार जाने गरेको बताइन् । बार्गेनिङ गर्नमा खप्पिस श्रद्धा नायिका भएपछि मात्र चोरबजार जान छाडेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्