आज रविले नारायणी नदी किनारमा ‘धन्यवाद सभा’ गर्दै, सबैलाई उपस्थित हुन गरे आग्रह



१० भदौ २०७६, काठमाडौँ

रवि लामिछानेको हिजो रिहाई भएको छ । उनी हिरासतमा हुँदा लाखौँ जनता उनको समर्थनको लागि सडकमा उत्रिएका थिए । रविले आज चितवनको नारायणी नदिको किनारमा दिउँसो २ बजे धन्यवाद सभा गर्ने भएका छन् ।

उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

उनले आफूलाई यतिधेरै माया र साथ दिनुभएकोमा सम्पूर्णमा आभार व्यक्ति गर्दछु भनेका छन् भने आफूमा थप जिम्मेवारी बढेको तर त्यो जिम्मेवारीलाई निकै राम्रोसँग निभाउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्