‘पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए’ : किशोर श्रेष्ठ



१० भदौ २०७६, काठमाडौँ

किशोर श्रेष्ठले ५ लाख धरौटीमा छुटेपछि रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् । रविको रिहाई भएसँगै धेरै जनताले रवि निर्दोष भएका कारण छुटेको बताइरहेको बेला किशोरले भने रविलाई नै दोषी भनेका छन् ।

उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने रु जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दोषी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिएको बताएका छन् ।

यस्तै किशोरले शालिकरामलाई कुटेर हत्या गरिएको कुरा पनि गलत भएको बताएका छन् । उनले शालिकराम पुडासैनीको भिडियो सहि साबित भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्