रविको रिहाईपछि ‘धुर्मुस’ ले भने : ‘आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीको जित भएको छ’



१० भदौ २०७६, काठमाडौँ

विगत १० दिनदेखि शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने हिजो ५ लाख धरौटीमा रिहा भएका छन् । उनको रिहाई भएपछि अहिले उनका समर्थकको खुसीको सिमा नै छैन ।

देश नै खुसिमय भएको छ । यसैबिच वरिष्ठ कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले रविको रिहाई भएपछि फेसबुकमा स्टाटस लेख्दै आफ्नो खुसी व्यक्त गरेका छन् । उनले फेरि एकटक सत्यको जित भएको कुरा बताएका छन् । सितारामले रविको रिहाई भएपछि आफू अत्यन्तै खुसी भएको बताइरहेका छन् ।

धुर्मुसको स्टाटस जस्ताको तस्तै –

देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ ।

अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनुभएको आदरणीय रवि दाई छुट्नु भएको छ ।

हिरासतमा परे लगत्तैको पहिलो भेटमा तपाईंले पूर्ण आत्मविश्वासका साथ प्रशासनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छु भनेर गर्नुभएको प्रतिबद्धताको प्रशासन र न्यायालयले पनि सम्मान गरेको अनुभूति गरेको छु । यो क्षणले समग्र न्याय क्षेत्रमा काम गर्ने अभियन्ता र सत्यका लागि साथ दिने समग्र शुभचिन्तकहरुलाई सकरात्मक उर्जा थपेको छ ।

प्रतिक्रिया दिनुहोस्