नेपाल चीन हिमालय मैत्री समाजको अध्यक्षमा बसन्त नेम्वाङ निर्वाचित (नामावलीसहित)



०९ भदौ २०७६, काठमाडौं

नेकपा नेता तथा पूर्व पर्यटन, नागरिक तथा उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा सन् २००९ मा स्थापित नेपाल चीन हिमालय मैत्री समाजको आज सम्पन्न ९ औं साधारण सभाले अध्यक्षमा बसन्त नेम्वाङलाई निर्वाचित गरेको छ ।

नेपाल चीन हिमालय मैत्री समाजको नव निर्वाचित कार्यसमिति :

अध्यक्ष : बसन्त नेम्वाङ
उपाध्यक्ष : गणेश ठगुन्ना
महासचिव : राजेन्द्र गौतम
सचिव : रिजन पोखरेल
कोषाध्यक्ष : संघर्ष बिष्ट

सदस्यहरु
शेर बहादुर तामाङ
कबिता बोगटी
उर्मिला थेबे
चन्द्रमोहन गौचन
हेम बहादुर राई
छेवाङ तामाङ
रमेश पौडेल
ऐन महर
हरि उप्रेती
लंका शाही
गजेन्द्र थापा
भरत केसी

संरक्षक
आनन्दप्रसाद पोखरेल

सल्लाहकार संयोजक
अग्नि प्रसाद सापकोटा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा भट्टराईले २०२० मा चीनबाट मात्रै १० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेका थिए ।

पानसमा दीप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई सम्मान समेत गरिएको थियो ।

मैत्री समाजका संस्थापक अध्यक्ष आनन्दप्रसाद पोखरेलले दुई देशको मान्यता अनुसार चल्ने संस्था भएकोले आगामी नेतृत्वले सोही अनुसार भूमिका खेल्नुपर्ने बताए । दुबै पक्षलाई बहुआयामिक फाईदा पुग्ने बिआरआईमा नेपालले हस्ताक्षर गरेको भएपनि प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालयले बिआरआई परियोजना कार्यान्वयन गर्न छुट्टै डेस्क स्थापना गरी अगाडि नबढ्दा चीन खुशी नभएको बताएका थिए ।

कार्यक्रमको संचालन डा. डिल्लीराज अर्याल र स्वागत मन्तव्य कालीका पाठकले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्