‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’ गठन



०९ भदौ २०७६, काठमाडौं

पत्रकारहरुको हकहितका लागी ‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’ तदर्थ समिति गठन गरिएको छ।

जिल्लाबाट काठमाडौं आइ विभिन्न मिडियाहरुसँग आवद्ध रहेर काम गर्ने पत्रकारहरुको भेलाले सोमबार बिहान समाज गठन गरेको हो।

हाल सोलुखुम्बुमा रहेर पत्रकारिता पेशामा आवद्ध भएका र सोलुखुम्बुबाटै पत्रकारितामा प्रवेश गरि काठमाडौंमा क्रियाशिल पत्रकारहरुको उपस्थितीमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

काठमाडौं चाबहीलस्थित छानो रेष्टुराँमा भएको भेलाबाट ‘सोलुखुम्बु काठमाडौं पत्रकार समाज’को आगामी रणनीति तय गर्नेगरी पत्रकार प्रकाश खालिङको संयोजकत्वमा तथर्द समिमि बनाइएको हो।

समिति सदस्यमा सोलुखम्बुमै कार्यरत भोजराज कार्की, काठमाडौंमा कार्यरत विक्रम श्रेष्ठ, बुद्धवीर बाहिङ, मदन राई, डोमा शेर्पा र तेज किराँती रहेका छन्।

सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न, पत्रकारहरुलाई थप उत्तरदायी बनाउन स्वतन्त्र संगठनको निर्माण गरिएको तर्दथ समितिका संयोजक खालिङले बताए।

उक्त तदर्थ समितिले चाँडै कार्यसमिति गठन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्