पुडासैनी मृत्यु प्रकरण : लामिछाने र कँडेलको बयान सकियो, थुनछेक बहस सुरु



०९ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।

सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।

उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।

सरकारले भदौ ८ गते लामिछानेविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्