भिक माग्दै गीत गाउने रानु बनिन् बलिउडका चर्चित गायिका



०९ भदौ २०७६, काठमाडौं

भारतमा केहि समयअघि रानुु मोन्डल नामबाट परिचित एक महिला निकै नैे सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनीे रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी भिडिओ हेरेर सबैले तारिफ गर्थे । र उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन्।

मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो। कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। सामाजिक सञ्जालले उनलाई खुबै शुभकामना दिए।

आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया।कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए। र, हिमेशले आफ्नो बोली पूरा गरेका छन्।

हिमेशको यो पहल धेरैले सरहाना गरेका छन्। आशा गरौं रानुले आफ्नो मिठो स्वरकै कारण सहज जीन्दगी पाउनेछिन्। रानु आफ्ना श्रीमानको मृत्युपछि मुम्बईबाट रानाघाट आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्