फेरी रवि बिरुद्दको वकिलले पल्टायो यस्तो फाइल !



०८ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्ध सम्पूर्ण अनुसन्धान पुरा गरी जिल्ला प्रहरी कार्यलय चितवनले फाइल सरकारी वकिलको कार्यलयमा बुझाएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा दुरुत्साहन अभियोग अन्तरगत अभियोगपत्र दायर गर्न लागेको हो । आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए ।

अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।‘हामी फाइल अध्ययन गर्दै छौं’, उनले भने, ‘सकेसम्म आजै पेस गर्ने तयारीमा छौं।’सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरूद्व थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ।अदालतले केही थप मान्छेसँग बुझ्नु पर्ने र प्रमाण अपुग भएमा अनुसन्धान म्याद थप हुनेछ।

प्रतिक्रिया दिनुहोस्