काश्मिरमा गोलाबारी, नेपाली मूलका भारतीय सैनिक मारिए



०६ भदौ २०७६, काठमाडौं

जम्मू–काश्मीरको राजौरीमा भारत र पाकिस्तानी सेनाबीच गोलाबारी भएको छ । यो घटनालाई भारतले पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

पाकिस्तानको फायरिङमा परि भारतीय सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाले पाकिस्तानको एउटा चौकी ध्वस्त पारिदिएको छ ।

मृत्यु हुने सेना नेपाली मूलका हुन । उनी देहरादुनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्