हिरासतबाटै बाहिरियो रबिको अडियो कुराकानी : भन्छन्, ‘म बाहिर आएको ३ मिनेटमा अपराधी पत्ता लगाउन सक्छु’



०६ भदौ २०७६, काठमाडौँ

रवि लामिछानेलाई हिरासतमा भेट्न चर्चित पत्रकार टेकनारायण भट्टराई पनि पुगेका छन् । टेकनारायण र रविले कामको शिलशिलामा धेरैपटक फोनवार्ता गरेका छन् । तर यी दुई अहिलेसम्म एकअर्कासँग भेट्न भने पाएका छैनन् । टेकनारायण र रविको यो पहिलो भेट थियो ।

टेकनारायणलाई हिरासतमा देख्दा रवि केही खुसी भएका थिए । उनी टेकनारायणसँग बोल्न चाहन्थे । केहीसमयपछि प्रहरीले टेकनारायणलाई रविसँग भेट्ने अनुमति पनि दिए । टेकनारायणले रविलाई भेट्न जेलभित्र जादाँ आफ्नो मोबाइलको अडियो रेकर्ड अन गरेका थिए । उनले रवि र आफ्नो कुराकानीको अडियो रेकर्ड सार्वजनिक गरेका छन् ।

टेकनारायणसँग पनि रविले हिरासतमा आफू असुरक्षित भएको बताए । उनले जानी जानी आफूलाई फसाउने कोशिस भैरहेको बताए । उनले आफू निर्दोष साबित भैसक्दा पनि म्याद थपेपछि असुरक्षित महशुस भएको बताए ।

उनले आफू हिरासतबाट बाहिर आएको ३ मिनेटमा आफू निर्दोष भएको प्रमाणित गर्दै अपराधी समेत पत्ता लगाउन सक्ने बताए । उनले बिनाकारण आफूलाई हिरासतमा राख्नुको कारण के हो भनेर प्रश्न गरे ? रविले आफ्नो ज्यानको नै खत्रा भएको समेत बताए । रविसँगको अडियो रेकर्ड टेकनारायण भट्टराईले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्