रविको पक्षमा पूर्वप्रधानन्यायाधीश कार्कीले दिए कानूनी तर्क, रवि निर्दोष सफाइ पाउनुपर्छ



०६ भदौ २०७६, काठमाडौं

रवि लामिछाने कुनै खराब व्यक्ति होइन भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बहस गरेकी छिन् । कार्कीले मुद्धाका विषयमा सडक तताउन नहुने बताइन् । रवि लामिछानेले न्यायालयबाट न्याय पाउने उनको भनाइ रहेको छ ।

कार्कीले भनेकी छिन्, सरकारले मुद्धा चलाएको कुरा जनताले मन नपाराएको र ‘उनले भ्रष्टाचार र जनताको विरुद्धमा एउटा इमेज बनाएका छन् । स्वस्फुर्त रुपमा जनता सडकमा आएको हो’, कार्कीले भनिन्, ‘उहाँले न्याय पाउनु हुन्छ ।’

‘निर्दोष व्यक्तिले सफाइ पाउनुपर्छ, मुद्धा चलिहाल्यो, अदालतमा गइसकेपछि मुद्धा चल्छ । उनले सफाइ पाउँछन् । मलाई विश्वास लाग्छ ।’ ‘रवि लामिछाने खराब मानिस होइन जस्तो लाग्छ’, उनले भनिन्, ‘रविले यति ठूलो अभियान चलाउँदा एउटा मान्छेलाई यसो गर्छन् जस्तो लाग्दैन ।

रवि लामिछानेका विषयमा वरिष्ठ अधिवक्ता शुम्भु थापाले दिएको अभिव्यक्ति उचित रहेको पूर्वप्रधानन्यायाधीश कार्कीले बताइन् ।

सरकारले मुद्धा चलाएको कुरा जनताले मन नपाराएको कार्कीले बताइन् । ‘उनले भ्रष्टाचार र जनताको विरुद्धमा एउटा इमेज बनाएका छन् । स्वस्फुर्त रुपमा जनता सडकमा आएको हो’, कार्कीले भनिन्, ‘उहाँले न्याय पाउनु हुन्छ ।’

राज्यले जनतालाई बोल्न दमन गर्यो भने सरकार नटिक्ने उनले बताएकी छिन् । न्यायालयमा एक–दुई जना दवावमा पर्नेहरू भएपनि न्यायाधीशहरू निष्पक्ष भएर न्याय दिने पूर्वप्रधानन्यायाधीश कार्कीले बताइन् ।

उनले रवि लामिछाने मात्रै नभइ यस्ता मुद्धाका प्रकृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले पनि हेर्ने गरेको भन्दै न्यायालयमाथि अविश्वास गर्न नहुने बताइन् ।

‘न्यायामाथि मलाई विश्वास छ । न्यायाधीशहरूमाथि विश्वास छ’, उनले भनिन्, ‘कोही–कोही न्यायाधीश पार्टी र नेतासँग डराउने होलान् । सबै न्यायाधीश त्यस्तो छैनन् ।’

प्रतिक्रिया दिनुहोस्