६ बर्षिया बालिकालाई बलात्कार गर्ने व्यक्तिले पाउने भए १६ बर्ष जेल सजाय



०६ भदौ २०७६, काठमाडौँ

उदयपुरमा केहीसमय अघि ६ बर्षकी बालिका बलात्कृत भएकी थिइन् । ६ बर्षिया सानी बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति १६ बर्षको लागि जेल जाने भएका छन् ।

पीडित बालिकालाई पीडकबाट २५ रुपैयाँ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।

उदयपुर जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यका अनुसार न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकले ६ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो।  उक्त बालिका २०७५ सालमा बलात्कृत भएकी थिइन् र रामबहादुरलाई प्रहरीले सोही समयमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्