‘जाइरा’ मा मैले ब्वाइफ्रेण्डको अनुमति लिएर किस सिन दिएकी हुँ : नम्रता श्रेष्ठ



०६ भदौ २०७६, काठमाडौँ

नायिका नम्रता श्रेष्ठ यतिबेला चलचित्र जाइरा को प्रमोशनमा व्यस्त छिन् । चलचित्र जाइरा भदौ १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा नायिका नम्रता श्रेष्ठ पहिलो पटक फाइटरको भूमिकामा देखिदैँछिन् ।

चलचित्रमा नम्रताको जोडी अहिलेका चर्चित अभिनेता अनूप विक्रम शाहीसँग बाधिएको छ । त्यस्तै नम्रता र अनूपले चलचित्रमा हट किस सिन पनि दिएका छन् । एक अन्तवार्तामा नम्रतालाई यसबारे पनि प्रश्न गरिएको थियो ।

नम्रताले अनूपसँगको किस सिन आफ्नो ब्वाइफ्रेण्डको अनुमति लिएर दिएको बताइन् । उनी लामो समयदेखि कसैको प्रेममा छिन् । उनले चलचित्र गर्नका लागि ब्वाइफ्रेण्डको सपोर्ट भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्