प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई भने, ‘मरिहालोस् भन्नेको शुभकामना कसरी लिनु’



०५ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुभन्दा केही घण्टा अगाडि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले स्वास्थ्यलाभको शुभकामना छ, अध्यक्षज्यूलाई भनी शुभकामना दिएका थिए ।

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले तपाईको स्वास्थ्य लाभको कामना चाहिन्न मलाई । मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु? भनी प्रतिप्रश्न गरेका थिए ।

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनका पछिल्ला केही निर्णयबाट असन्तुष्ट वरिष्ठ नेता माधव कुमार नेपालबीच सचिवालय बैठकमा चर्को विवाद भएको थियो ।

बैठकमा ओलीले म उपचारको लागि जाँदैछु । अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (प्रचण्ड) ले सम्हाल्नु हुने नै छ । सहमति अनुसार त्यसको निर्णय पनि उहाँले गर्नु हुनेछ, म सम्पर्कमा रहिरहने नै छु । अब सहमतिमा अघि बढ्नु पर्छ सबै जना भन्दा बरिष्ठ नेता नेपाललले सहमतिको कुरा कहाँबाट आयो यहाँ ? आफूले चाहिँ निर्णय गर्ने, अरुलाई सहमतिमा निर्णय गर्नु भन्ने ? पहिला जसरी काम भएको थियो त्यसैगरी गर्नुपर्छ दाँयाबाँया हुन्न भनी भनेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष तपाईं हो कि म ? म हुँ । त्यसकारण मेरो सहमतिमा काम हुनुपर्छ भनी भन्दा नेता नेपालले यहाँ सबै बराबर हौँ हामी । कोही तलमाथि छैनौं तपाई खाली निहुँ मात्रै खोज्नुहुन्छ । सबैले भोट बराबरी पाएको हो भनी भनेका थिए ।

बैठकमा सहभागी अन्य सदस्यहरुले आज अध्यक्ष ज्यूलाई स्वास्थ्यलाभको शुभकामना दिन बैठकमा आएका हौँ हामी वादविवाद छोडौँ भनी सम्झाएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्