रवि लामिछानेलाई रिहा गरिदिनुहोस् भनेर प्रधानमन्त्रीलाई भतिजले लेखे पत्र



०५ भदौ २०७६, काठमाडौं
पत्रकार शालिकराम पुडासैनीको आत्यहत्या प्रकणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई रिहा गरिदिनुहोस् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भतिज देवेन्द्र ओलीले काका सम्बोधन गरेर पत्र पठाएको सार्वजनिक भएको छ ।

देवेन्द्र ओलीको जस्ताको तेस्तै पत्र:
आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशमा सम्बृद्धी नै आउने हो। हजुर नेपालको सबै जनसंख्या र बिदेशमा रहेका उनिहरुका परिवार को अभिभावक पो हो त।

आलोचना र बिरोध गरेकै भरमा असहिष्णु बन्नु पक्कै पनि राजनेतालाई सुहाउदैन। देश र जनतालाई प्रतक्ष्य राहत हुने गरी कार्ययोजनालाई अगाडी बढाई, अरु केही चाहिदैन वाईड बढी घोटला ,सुनकाण्ड र निर्मला पन्तको वास्तविक अपराधीलाई कारबाही गरी देशमा शुसासन शुरु भएको संदेश मात्र दिनुहोस हजुर को क्रेज र महत्व नाकाबन्दिको समयको भन्दा कैयो गुणा बढी हुनेछ। अझ सक्नुहुन्छ भने चितवन त फोन गरेर रवि लामिछाने लाई रिहा गराईदिनु भयो भने हजुरको अझ कद उचो हुनेछ। यती मात्र होईन धमिलो पानीमा माछा मार्न सकिन्छ की भनेर जुरमुर्याउदै गरेका प्रतिगमनकारीहरुले नि ठाउ पाउने थिएनन।

उपचारको लागी सिंगापुर जादै हुनुहुन्छ पुर्ण रुपमा स्वास्थ्य लाभ को कामना गर्दछु। हजुर फर्कदा हजुरको स्वास्थ्य र देशको अवस्था दुबैमा पुर्ण सवल र सक्षम बनोस । शुभयात्रा…

– देबेन्द्र ओली, झापा

प्रतिक्रिया दिनुहोस्