सेक्सको निम्ति दुई छोरीहरुको हत्या, हत्यापछि दिइन् सेक्सको अफर



०४ भदौ २०७६, काठमाडौं

बेलायतको रग्बी शहरमा अचम्म घट्ना घटेको छ । लुसे पोर्टन नाम गरेकी बर्ष २३ की एक महिलाले आफ्नो यौन जीवनमा बाधा पुर्याएको भन्दै दुई छोरीको हत्या गरेकी छिन् । लुसेलाई अपराधको लागि आजिवन कारावासको सजाय जाहेर भएको सुनाइएको छ ।

लुसेले आफ्ना छोरीहरुको हत्या गरेको केहि दिनपछि पैसाको लागि सेक्सको अफर दिइरहेकी भनेर बीबीसीले बताएका छन् । दोषी ठहर भएपश्चात उनलाई अदालतले सजाय सुनाएको हो ।

यद्यपि महिलाले अदालतमा छोरीहरुको हत्या गरेको अवीकार गरेकी थिइन् । गत वर्ष १८ दिनको अन्तरालमा ३ वर्षकी छोरी लेक्सी ड्रेपर र १७ महिनाकी स्कार्लेट वुगनको मृत्यु भएको थियो ।

अदालतले हत्या सोचविचार गरेर गरिएको ठहर गरेको छ । हत्यापछि महिलाले छोरीहरुका कपडा फेसबुकमा बेच्ने कोसिस गरेकी थिइन् । कालो पोलिथिनमा छोरीहरुका कपडा राखेर उनले हरेक प्याकेटको लागि १२७० रुपैयाँ मागेकी थिइन् । महिलाले कम्तीमा ३२ वर्ष जेलमा बस्नुपर्ने अदालतले सुनाएका छन्। एजेन्सी….

प्रतिक्रिया दिनुहोस्