यस वर्षको ‘विराज सम्मान’ साहित्यकार व्याकुल माइलालाई



०३ साउन २०७६, काठमाडौं

राष्ट्रिय गानका रचनाकार तथा साहित्यकार प्रदीप कुमार राई (व्याकुल माइला)लाई यस वर्षको ‘विराज सम्मान’बाट सम्मानित गरिने भएको छ।

ओखलढुंगा जिल्लामा जन्मि संघीय गणतन्त्र नेपालको राष्ट्रिय गानको रचना गरेका उनलाई यस वर्षको ‘विराज सम्मान’बाट सम्मानित गरिने भएको हो।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मासाथ गरी नेपालमा लोकतान्त्रिक संस्कृतिको विकासमा चिरकालसम्म राष्ट्रिय गानले ऐतिहासिक योगदान गर्ने भएको हुदाँ उहाँको उच्च कदर गर्दै राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई विराज सम्मान २०७६ प्रदान गर्ने’समाजको निर्णय छ।

विराज समाजको कार्य समितिले प्रा. मुकुन्दराज दाहालको संयोजकत्वमा लेखक विनोदकुमार दाहाल र समाजका निवर्तमान अध्यक्ष दिनेशकुमार मगर सदस्य रहेको विराज सम्मान छनौट समिति गठन गरेको थियो।

विराज समाजको १२ औं वार्षिक साधारण सभाको अवसरमा आगामी १४ भदौमा एक विशेष समारोह आयोजना गरी साहित्यकार व्याकुल माइलालाई ‘विराज सम्मान’ २०७६ समर्पण गरिनेछ।

सम्बन्धीत समाचारः

:‘व्याकुल माईला’ को एउटै मालामा अटिएका हामी नेपाली

 

:‘दर्शना श्रष्ठा सम्मान–२०७५’ बाट साहित्यकार ‘व्याकुल माईला’सम्मानित हुँदैँ !

 

प्रतिक्रिया दिनुहोस्