श्रीमानले यौन सम्बन्ध नराखेपछि श्रीमतीले गरिन् आत्महत्या



०२ भदौ २०७६, काठमाडौं

भारतको नयाँ दिल्लीमा अनौठो घट्ना घटेको छ । नयाँ दिल्लीमा स्थित एम्स अस्पतालका कार्यरत डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छिन् ।

उनको विवाह ५ वर्षअघि डाक्टर कमल बेदीसँग भएको भए तापनि श्रीमान समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । आफ्नो मृत्युको कारणमा पति दोषी रहेको समेत सुसाइड नोटमा बताएकी छिन् ।

प्रियाले पटकपटक यौनसम्पर्कको निम्ति प्रयास गर्दापनि असफल बनेकी थिइन् भन्ने उल्लेख गरेकी छिन् । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्