१०३ बर्षकी आमाले काम गरेर मासिक कमाउँछिन् ३ हजार, सबैको लागि बनिन् प्रेरणा



३२ साउन २०७६, काठमाडौँ

मानिसमा काम गर्ने जोस र जाँगर छ भने उमेरले केही फरक पार्दैन भन्ने कुरा १०३ बर्षकी देवी सुनुवारले प्रमाणित गरेकी छिन् । कमलामाईमा बस्दै आएकी देवी सुनुवार १०३ बर्षको उमेरमा पनि काम गर्छिन् र मासिक ३ हजार कमाउने गरेकी छिन् ।

देवीले घरमै बसीबसी दाम्लो बाट्ने काम गर्छिन् । उनले दिनमा २ देखि ३ वटासम्म दाम्लो बाट्ने गरेकी छिन् । एउटा दाम्लो उनी २५ रुपैँयामा बेच्ने गर्छिन् । धेरै उमेर भैसकेकाले देवीलाई उठ्न, बस्न समेत गाह्रो हुन्छ तरपनि उनले काम गर्न भने छाडेकी छैनन् ।

अहिले देवी धेरैको लागि प्रेरणा बनेकी छिन् । किनकी हाम्रो समाजमा भर्खरका युवायुवती पनि काम गर्न अल्छी मान्छन् । तर यस्तो बुढेसकालमा पनि देवी भने काम गरिरहेकी छिन् । हामीले उनीबाट धेरै कुरा सिक्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्