सिंगापुरको म्यूजियममा स्वर्गीय अभिनेत्री श्रीदेवीको मूर्ति स्थापना गरिदैँ



३२ साउन २०७६, काठमाडौँ

स्वर्गीय अभिनेत्री श्रीदेवी यो संसारमा नभएपनि उनी सधैँ सबैको मनमा छिन् । कसैले उनलाई बिर्सन सकेका छैनन् । बलिउडमा उनको निकै ठूलो योगदान रहेको छ । त्यसैले पनि उनका फ्यानहरु उनलाई कहिल्यै बिर्सन चाहदैँनन् ।

यस्तै गत मंगलबार श्रीदेवीको ५६ औँ जन्मदिन परेको थियो । यसैको अवसरमा सिंगापुरको म्यूजियममा श्रीदेवीको मूर्ति स्थापनाको घोषणा गरिएको छ । श्रीदेवीको सम्मान स्वरुप मैनको मूर्ति सिंगापुरमा स्थापना गर्न लागिएको हो ।

आफ्नी श्रीमतीको मूर्ति सिंगापुरको म्यूजियममा पनि राखिने भएकाले यतिबेला बोनी कपुर निकै खुसी छन् । ट्विटमा आफ्नो खुसी व्यक्त गर्दै उनले लेखेका छन्, ‘म भावुक बनेको छु । हामीलाई खुसी छ कि मैडम तुसादमा श्रीदेवीको लिगेसीलाई स्थान प्राप्त हुनेछ’ ।

मैनको मूर्ति २० जनाको विशेषज्ञ टिमले तयार पारेको भारतीय मिडियाले उल्लेख गरेका छन् । त्यसका लागि आर्टिस्टहरूले श्रीदेवीको परिवार र साथीहरूसँग कुराकानी गरेर उनीबारे विशेष जानकारी लिएका थिए । उनको मेकअप, हाउभाउ, कपडा, गहना, क्राउनबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्